देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न अस्वीकार

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न अस्वीकार

केन्द्रबिन्दु
1.46k
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र देउवा पत्नीसमेत रहेकी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेको छ ।

हङकङमा रहेका देउवा दम्पतीमाथि हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा जिल्ला अदालत काठमाडौंले २४ चैत २०८२ मा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि विभागले पक्राउ पुर्जीपत्र र अनुसन्धान भइरहेको कसुर उल्लेख गरी रेड नोटिस जारीको प्रक्रिया अघि बढाउन प्रहरीमार्फत इन्टरपोललाई अनुरोध गरेको थियो ।

तर अहिले देउवा दम्पतीविरुद्ध सम्बद्ध कसुर नदेखिएको र एकैपटक सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको विषयलाई पनि रेड नोटिसका लागि आवश्यक सर्तहरू नपुगेको भन्दै इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेको हो ।

Logo