कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा मुद्दा, ३ अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा मुद्दा, ३ अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी

केन्द्रबिन्दु
351
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको अनियमितता प्रकरणमा उनी प्रतिवादी बनेका छन् र उनीविरुद्ध ३ अर्ब रुपैयाँभन्दा बढी बिगो (क्षतिपूर्ति) माग दाबी गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चीन सरकारको सहयोगमा निर्माण गरिएको थियो। यो बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गतको प्रमुख परियोजना मानिन्थ्यो। २०८० सालको माघ १७ गते भव्य रूपमा उद्घाटन गरिएको यो विमानस्थलले पर्यटन प्रवद्र्धन र क्षेत्रीय विकासमा ठूलो योगदान दिने अपेक्षा गरिएको थियो। तर, निर्माण प्रक्रियामै लागत बढोत्तरी, ठेक्का प्रक्रियामा अनियमितता, परामर्श सेवा र अतिरिक्त भुक्तानीजस्ता विषयले विवाद उत्पन्न ग¥यो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानअनुसार, विभिन्न चरणमा लागत अनुमान बढाउने, ठेक्का सम्झौताभित्रकै स्रोत प्रयोग नगरी छुट्टै बजेटबाट खर्च गर्ने, र बदनियतपूर्ण निर्णयहरूबाट राज्यलाई ठूलो घाटा पु¥याइएको छ। यो प्रकरणमा अहिलेसम्मका मुद्दाहरूमा कुल बिगो अर्बौंमा पुगेको छ।

ज्ञानेन्द्रबहादुर कार्की पूर्वसञ्चारमन्त्री तथा अन्य मन्त्रालयको जिम्मेवारी सम्हालेका नेता हुन्। उनीमाथि पोखरा विमानस्थल निर्माणसँग सम्बन्धित निर्णय प्रक्रियामा अनियमितता गरेको आरोप छ। अख्तियारले बिहीबार दायर गरेको मुद्दामा उनलाई प्रतिवादी बनाउँदै ३ अर्बभन्दा बढी बिगो माग गरेको छ। यो मुद्दा पोखरा विमानस्थलसँग जोडिएका कुल तीनवटा मुख्य मुद्दामध्ये एक हो।

यो मुद्दाले नेपाली कांग्रेसभित्र र समग्र राजनीतिमा तरंग ल्याएको छ। कार्की जस्ता वरिष्ठ नेताविरुद्ध मुद्दा दर्ता हुनुले भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त बनाउने वा राजनीतिक प्रतिशोधको रूप लिने भन्ने दुवैखाले टिप्पणी भइरहेका छन्। चीन पक्षले पनि आफ्ना कम्पनीमाथि आरोप लागेकोमा चासो व्यक्त गरेको थियो, जसले नेपाल–चीन सम्बन्धमा प्रभाव पार्न सक्छ।

Logo