प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्वाचन आयोगको तयारी

प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्वाचन आयोगको तयारी

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न निर्वाचन आयोगले तयारी गरेको छ । राजनीतिक दलहरूसँग मंगलबार भएको बैठकमा निर्वाचन आयोगले २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै मितिमा सम्पन्न गर्न प्रस्ताव गरेको छ ।

०८४ वैशाख ३० गते स्थानीय तह र सोही वर्षको मंसिर ४ गते प्रदेशसभाको पदावधि समाप्त हुने भएकाले दुवै निर्वाचन एकैपटक गर्दा राज्यको करिब ४ अर्बभन्दा बढी खर्च बचत हुने कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए ।

निर्वाचनलाई मितव्ययी, प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले आयोगले मंगलबार राजनीतिक दलहरूसँग छलफल गरेको थियो । आयोगको कार्यालयमा भएको छलफलमा निर्वाचन सुधारका विविध पक्षबारे छलफल भएको भण्डारीले बताए ।

छलफलका क्रममा गत निर्वाचनमा जनप्रतिनिधिहरूले राजीनामा दिएर प्रतिनिधिसभामा प्रतिस्पर्धा गरेपछि रिक्त रहेका ७४ स्थानीय तह र प्रदेशसभाका पदहरूमा निर्वाचन गर्ने विषयमा परामर्श भएको छ ।

Logo