श्रम संस्कृतिमा सुदन किरातीलाई ३ पदाधिकारिसहित १८ केन्द्रीय सदस्य

श्रम संस्कृतिमा सुदन किरातीलाई ३ पदाधिकारिसहित १८ केन्द्रीय सदस्य

केन्द्रबिन्दु
18
Shares

काठमाडौं प्रगतिशिल लोकतान्त्रिक पार्टी छाडेर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा समाहित भएका सुदन किराँती समूहले ३ पदाधिकारी र १८ जना केन्द्रीय सदस्य पाएको छ ।

पार्टी एकतापछि नेताहरुलाई जिम्मेवारी बाँडफाँट गर्नेक्रमकम किराँतीलाई पार्टीको वरिष्ठ नेता बनाइएको छ । यस्तै प्रकाश विकल्प उपाध्यक्ष र पत्रकार टीकाराम राईलाई सचिवको जिम्मेवारी दिइएको छ ।

त्यस्तै केन्द्रीय सदस्यहरुमा बी श्रेष्ठ भक्तपुर, दीपेन्द्र वान्तावा सङ्खुवासभा, पुरन्जन राई काठमाडौं, लालध्वज नेम्वाङ पाँचथर, हेमन्त राई भोजपुर, जनक गिरि उदयपुर, सालिक राई धरान, डा संगम खैंजु भक्तपुर, कनकाईष्ट राई खोटाङ, सरिता राई ललितपुर, राकेस किराँती उदपुर, अमित राई ललितपुर, साराधा भट्टराई ओखलढुङगा, प्रमीला राई खोटाङ र ताजिना विष्ट इटहरी रहेका छन् ।

Logo