मधेसमा कांग्रेस, एमाले र नेकपाको गठबन्धन, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

मधेसमा कांग्रेस, एमाले र नेकपाको गठबन्धन, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

केन्द्रबिन्दु
6
Shares

काठमाडौं। मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिचको नयाँ सत्ता समीकरण बनेको छ । मुख्यमन्त्री कृष्ण यादवले बिहीबार मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीका मन्त्रीहरूले राजिनामा गरेसँगै यस्तो समीकरण बनेको हो ।
केन्द्रमा भएको शीर्ष तहको सहमति अनुसार प्रदेशहरूमा कांग्रेस, एमाले र नेकपाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भएबमोजिम मधेस प्रदेशमा पनि मधेसवादी दलहरूलाई बाहिर राखेर तीन दलको नयाँ सरकार बनाइएको हो ।

मन्त्रिपरिषद् पुनर्गठनसँगै नेकपा एमाले सरकारमा सहभागी भएको छ । एमालेका तर्फबाट मोहम्मद समिमलाई विना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ र उनले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री यादवले आज (शुक्रबार) प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम रहेको छ । विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गरेको एमाले मधेस प्रदेशसभाका संसदीय दलका नेता सरोजकुमार यादवले बताए । ” राष्टिय आवश्यकताको आधारमा गठबन्धन बनेको छन् । मन्त्रालय बाँडफाडको विषय छलफल हुन बाँकी रहको छ,” यादवले भने ।

जनमत पार्टीले यसअघि नै सरकारबाट समर्थन फिर्ता लिए पनि उसका मन्त्रीहरूले राजीनामा दिएका थिएनन् । तर, आज एमाले र नेकपालाई साथमा लिएर सरकार पुनर्गठन गर्ने तयारी भएपछि जनमतका मन्त्रीहरूले राजीनामा दिएका थिए ।

Logo