काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
शुक्रबार बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम विश्वासको मत प्राप्त गरेका हुन् ।
प्रदेश सभामा उपस्थिति १०० जना सांससको उपस्थिति पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको थियो । प्रदेश सभामा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २४, जनमत पार्टीका १२, नेकपाका १५, जसपा नेपालका २६ तथा नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र राप्रपाका १–१ जना सांसद रहेका छन्।





























प्रतिक्रिया