काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दोषी ठहर गरेको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको मानव अधिकार उल्लंघन सम्बन्धमा आयोगले तयार पारेको छानबिन समितिको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओलीलाई दोषी ठहर गरिएको हो ।
आयोगको प्रतिवेदनमा भनिएको छ, ‘सुरक्षाकर्मीको गोली लागी घाइते भएकाहरूको उपचारका क्रममा थप २३ जनाको मृत्युसमेत भएको अवस्थामा तत्कालीन प्रधानमन्त्रीले गोली हान्न आदेश दिएको छैन भनी लिएको जिकिरका आधारमा मात्रै राज्य सञ्चालनको प्रमुख जिम्मेवारीमा रहेका तत्कालीन प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली जिम्मेवार छैनन् भन्न सकिने अवस्था देखिएन।’





























प्रतिक्रिया