डा. धवलशमशेर राणाले छाडे राप्रपा, नयाँ अभियानको घोषणा

डा. धवलशमशेर राणाले छाडे राप्रपा, नयाँ अभियानको घोषणा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले पार्टी छाडेका छन् ।

बिहीबार एक अपिल जारी गरी राणाले राप्रपाको वर्तमान बाटो र कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै देशमा नयाँ र विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणका लागि नयाँ अभियानको घोषणा गरेका हुन् । विरोधाभास र सैद्धान्तिक द्विविधाका बिच गलत बाटोमा हिँड्ने र हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भएको उनको टिप्पणी छ ।

उनले विज्ञप्तिमा लेखेका छन्, ‘स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गरेर हाम्रा मान्यताहरूलाई सही लक्ष्य दिन चाहने हो भने एकजुट भएर अघि बढ्न सबै राष्ट्रवादी मित्रहरूलाई आह्वान गर्दछु ।’

Logo