मन्त्री पदबाट बिदा हुने विषयमा आधिकारिक जानकारी प्राप्त भएको छैन -मन्त्री मेहेता

मन्त्री पदबाट बिदा हुने विषयमा आधिकारिक जानकारी प्राप्त भएको छैन -मन्त्री मेहेता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताले सञ्चारकर्मीहरूसँग सुझाव सहितको छलफल गरेकी छिन् ।

आइतबार मन्त्रालयमा एक कार्यक्रमको आयोजनागरी मन्त्री मेहेताले सञ्चारकर्मीहरूसँग सुझाव सहितको छलफल गरेकी हुन् । छलफलमा मन्त्री मेहेताले मन्त्रालयका कामकारबाहीलाई थप प्रभावकारी बनाउन सञ्चारकर्मीहरूसँग नियमित छलफल र सुझाव आदानप्रदान गर्ने बताएकी छन्।

उनले सरकारको १०० बुँदे कार्यक्रम कार्यान्वयनमा केन्द्रित हुँदा यसअघि यस्तो अन्तरक्रिया गर्न नसकिएको स्वीकार गरिन् । अब भने हरेक १५ दिन वा एक महिनाको अन्तरालमा सञ्चारकर्मीहरूसँग नियमित रूपमा छलफल गरिने उनले बताइन्।

उनले भनिन्,‘हामीले यस्तो छलफल अलि पहिले नै गर्नुपर्ने थियो तर सरकारको १०० बुँदे कार्यक्रममा ध्यान दिँदा यतातिर ध्यान दिन पाइएन । अब निरन्तर रूपमा यस्ता छलफल गर्नेछौँ। सुझाव पनि लिनेछौँ र आएका सुझाव तथा सल्लाहलाई आत्मसात् गर्दै अघि बढ्नेछौँ।’

कार्यक्रममा सञ्चारकर्मीहरूले मन्त्रालयका कामकारबाही, स्वास्थ्य सेवा, खाद्य स्वच्छता तथा स्वास्थ्य बीमालगायत विषयमा विभिन्न सुझाव दिएका थिए। मन्त्री मेहेताले मन्त्रालयका कमी–कमजोरीबारे उठेका विषयलाई पनि सकारात्मक रूपमा लिँदै सुधारका लागि पहल गरिने बताइन्।

उनलाई मन्त्री पदबाट बिदा हुन लागेको भन्दै पत्रकारले पनि प्रश्न गरेका थिए । त्यसको जवाफमा उनले हालसम्म आफूलाई त्यससम्बन्धी कुनै आधिकारिक जानकारी प्राप्त नभएको स्पष्ट पारिन्। ‘आधिकारिक रूपमा त्यस्तो केही आएको छैन,’ उनले भनिन्।

Logo