रविको आह्वानमा सर्वदलीय बैठक जारी, श्रम संस्कृति पार्टी गएन

रविको आह्वानमा सर्वदलीय बैठक जारी, श्रम संस्कृति पार्टी गएन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आयोजित सर्वदलीय बैठक सिंहदरबारमा जारी छ ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको हलमा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ । बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन नेकपा(एमाले)का नेता ऐन महर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरुको सहभागिता छ ।

तर श्रम संस्कृति पार्टीको भने सहभागीता रहेको छैन ।

Logo