काठमाडौं । विपक्षी दलहरूको अवरोध हटेसँगै प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको छ । आज अपराह्न २ः०० बजेका लागि निर्धारण गरिएको बैठक ३ः१५ बजे सुरु भएको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गतेको बैठकमा नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षीहरूले यसबीचका बैठकहरू अवरुद्ध गर्दै आएकामा सरकारका तर्फबाट त्यस विषयमा आजको बैठकमा प्रष्ट पारिने समझदारीपश्चात् बैठक सुरु भएको हो ।





























प्रतिक्रिया