सीमा अतिक्रमण रोक्न पहल गरौँ -हर्कराज राई

सीमा अतिक्रमण रोक्न पहल गरौँ -हर्कराज राई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सीमा क्षेत्रमा भारतीय पक्षले गरेका अतिक्रमण रोक्न नेपालले पहल गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर अध्यक्ष राईले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउन आग्रह गरे । बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएको विषयमा अध्यक्ष राईले असन्तुष्टि व्यक्त गरे ।

बैठकको कार्यसूची सञ्चालन भइरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष राईसहित सो पार्टीका सदस्यले विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को २१ (ख) तर्फ ध्यानाकर्षण गराउँदै सभामुखको समय लिएर बोल्न र अमर्यादितरूपमा प्रस्तुत नहुन सभामुख अर्यालले पटकपटक आग्रह गरेका थिए ।

आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल हुन लाग्दासमेत बैठकमा सो दलका सांसदले लगातार विरोध गरेपछि सभामुख अर्यालले राईलाई बोल्न समय दिएका थिए ।

Logo