प्रधानमन्त्री देउवा र प्रचण्डबीच के के भयो कुराकानी ?

प्रधानमन्त्री देउवा र प्रचण्डबीच के के भयो कुराकानी ?


केन्द्रबिन्दु सम्वाददाता । 

काठमाडौँ, १ पुष । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किरहेका बेला माओवादी अध्यक्ष दाहाल शनिबार बिहान बालुवाटार पुगेका हुन्।

भेट लगतै एक अर्कामा बिजयीको बधाई साटासाट गरेका दुई नेताले त्यसपछि राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र प्रधानमन्त्रीको राजीनामालगायत एजेन्डामा छलफल भएको छ ।

झन्डै आधा घन्टा भएको छलफलमा प्रधानमन्त्री देउवाले विधेयक अड्काउने काम हटाउन आग्रह गरेका थिए । आफु सत्ता छोड्न्र आतुर रहेको भन्दै प्रधानमन्त्री देउवाले ओलीमार्फत अध्यादेश अगाडि बढाउन पहल थालन दाहललाई आग्रह गरेका छन् । राष्ट्रपति कुनै पनि विधेयकहरू रोकेर राख्न, परामर्स गर्ने र फिर्ता गर्ने संविधानको अधिकार भित्र नपर्ने प्रधानमन्त्री देउवको तर्क छ ।

भेटमा दाहालले यो मुलुक बनाउने दायित्व तीनै दलको बराबर भएको भन्दै अध्यादेश चाडै पारित हुनेमा प्रधानन्त्रीलाई आश्वास्त पारे ।

Logo