रास्वपा कर्णाली सभापतिमा मदन खड्का निर्वाचित

रास्वपा कर्णाली सभापतिमा मदन खड्का निर्वाचित

केन्द्रबिन्दु
0
Shares

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कर्णाली प्रदेश सभापतिमा पुनः मदन खड्का विजयी भएका छन् । उनी २ सय ८८ मतसहित सभापतिमा दोहोरिएका हुन् ।

खड्काका प्रतिद्वन्द्वीहरु नन्दकिशोर बस्नेतले ३५ र स्नेहा उपाध्याय नेपालले ६३ मत प्राप्त गरे । सोमबारदेखि सुरु भएको रास्वपाको प्रथम अधिवेशनमा सोमबार साँझसम्म नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास असफल भएपछि मंगलबार बिहान मतदान गरिएको थियो । खड्का रास्वपा कर्णाली प्रदेशको संस्थापक सभापतिसमेत हुन् । उनी रास्वपा सभापति रवि लामिछाने निकट मानिन्छन् ।

सुरुमा सभापतिका लागि ५ जना आकांक्षी थिए । तर ३ जनाले मात्र उम्मेदवारी दर्ता गराएका थिए । अधिवेशनमा ५ सय ३० प्रतिनिधिले सहभागिता जनाएकोमा ४ सय जनाले मतदानमा भाग लिएका थिए ।

Logo