आज एमाले लम्बिनी प्रदेशस्तरीय पार्टी पुनःगठन अभियान तथा निर्वाचन समीक्षा

आज एमाले लम्बिनी प्रदेशस्तरीय पार्टी पुनःगठन अभियान तथा निर्वाचन समीक्षा

केन्द्रबिन्दु
0
Shares

रूपन्देही । नेकपा एमालेले पार्टी पुनःगठन अभियान तथा निर्वाचन समीक्षालाई केन्द्रमा राख्दै लुम्बिनी प्रदेशस्तरीय बैठक सुरु गर्ने भएको छ । कोशी प्रदेशमा कार्यक्रम सम्पन्न गरेपछि पार्टीको केन्द्रीय टोली लुम्बिनी आइपुगेको हो ।

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलका अनुसार कपिलवस्तुको चनौटामा आयोजना हुने बैठकमा पार्टीका उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल तथा सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मालगायत शीर्ष नेताको सहभागिता रहनेछ।

बैठकमा लुम्बिनी प्रदेशका १२ वटै जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी तथा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटी सदस्यहरूको उपस्थिति रहने अध्यक्ष कंडेलले जानकारी दिए ।

उनका अनुसार बैठकको मुख्य एजेन्डा पार्टीको संगठनात्मक पुनःगठन, पछिल्लो निर्वाचनको समीक्षा तथा आगामी रणनीति तय गर्ने रहनेछ। बैठकबाट संगठनलाई थप सुदृढ बनाउने तथा कार्यकर्तालाई सक्रिय बनाउने विषयमा समेत छलफल हुने जनाइएको छ ।

Logo