काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट छपाइमा भएको अनियमिततामा बयानका लागि उपस्थित हुन तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नाममा म्याद तामेली गरेको छ ।
अख्तियारले असार २ गते सूचना निकाले पनि असार ३ गते दिउँसो बुढानीलकण्ठस्थित देउवाको पुरानो घरको गेटमा म्याद तामेलीको सूचना टाँसेको हो ।
बयान लिनुपर्ने व्यक्तिसँग सम्पर्क हुन नसकेपछि यसरी म्याद तामेलीको सूचना टाँस्ने गरिन्छ । आयोगको सूचनामा भनिएको छ– ‘यस आयोगमा परेको वादी नेपाल सरकार प्रतिवादी आरजु राणा देउवा समेत भएको राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा तपाईसँग बयान लिनुपर्ने भएकोले यो सूचना बुझेको वा तपाईको घरदैलोमा टाँस भएको मितिले बाटोको म्याद बाहेक ३ (तीन) दिनभित्र यस आयोगको महाशाखा नं १२, कोठा नं १२ टंगाल, काठमाडौंमा उपस्थित हुन आउनु होला, नआए कानून बमोजिम हुनेछ।’





























प्रतिक्रिया