कार्यक्रमस्थलबाटै पक्राउ परेका थिए पौडेल

कार्यक्रमस्थलबाटै पक्राउ परेका थिए पौडेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ परेका छन् ।

सोमबार वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ ऐरीचोकस्थित शुभ होटलको सभाहलमा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम चलिरहेको थियो । उपाध्यक्ष पौडेल एमाले पुनर्गठनका लागि सुझाव माग्दै थिए, तर त्यति नै बेला पुग्यो प्रहरीको टोली ।

पौडेललाई प्रहरीले गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय सुर्खेत पुर्याएको थियो । कार्यक्रममा शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा र बादल लगायतका शीर्ष नेताहरूको उपस्थिति थियो ।

हाल पौडेललाई काठमाडौं पठाउन नेपालगञ्ज लैजाने तयारी थालिएको छ ।

Logo