चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा मतदान जारी छ । बिहान ८:३० बजेसम्म दुई हजार २ सय जनाले मतदान गरेका छन् ।
“बिहान ८ बजेसम्म दुई हजार आठजनाले मतदान गरेका छन्,” प्राविधिक लक्ष्मण रिमालले भने, “यही हिसाबले मतदान हुँदा मध्याह्न १२ बजेसम्म मतदान सकिन्छ ।” करिब ४२ सय मतदाता छन् ।
गएराति १२ बजेबाट मतदान सुरु भएको थियो । पहिलो चरणमा केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ । ९९ केन्द्रीय सदस्यका लागि विद्युतीय मतदान भइरहेको छ । मतदान सकिएको दुई घण्टामा मतपरिणाम आउने बताइएको छ ।
निर्वाचनमा २०४ जना उमेदवारले आफ्नो उमेदवारी दर्ता गराएका छन् । चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा मतदान जारी छ । गएराति १२ बजेबाट मतदान सुरु भएको थियो ।
“यही हिसाबले मतदान हुँदा मध्याह्न १२ बजेसम्म मतदान सकिन्छ होला,” प्राविधिक लक्ष्मण रिमालले भने, “एकजनालाई मतदान गर्न औसतमा १५ मिनेट लागिरहेको छ ।” मतदान सकिएको दुई घण्टामा मतपरिणाम आउने बताइएको छ ।





























प्रतिक्रिया