रास्वपाको पदाधिकारी छान्न मतदान सुरु

रास्वपाको पदाधिकारी छान्न मतदान सुरु

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणमा पदाधिकारी छान्न मतदान सुरु भएको छ।

रास्वपाको उपसभापतिका लागि सोविता गौतम र तोसिमा कार्की मैदानमा छन्। खुला उपसभापतितर्फ भने डा स्वर्णिम वाग्लेको मात्र उम्मेदवारी परेको छ ।

महामन्त्रीमा विपीन आचार्य, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल मैदानमा छन् । आचार्यलाई महामन्त्रीका आकांक्षीहरु गणेश पराजुली, कवीन्द्र बुर्लाकोटी, राजुनाथ पाण्डे, शिशिर खनाल, प्रमोद न्यौपाने र जगदीश खरेलले सामूहिकरूपमा समर्थन जनाएका छन् ।

यसैगरी रास्वपाको सहमहामन्त्रीमा पनि उम्मेदवारहरुको लर्को लागेको छ । ३ जना सहमहामन्त्री १६ जना प्रतिस्पर्धामा उत्रेका छन् । रास्वपामा एक महिलासहित ३ सहमहामन्त्री निर्वाचनबाट छनोट हुने व्यवस्था छ ।

सहमहामन्त्री पुरुषका लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त रहेका छन् । महिला सहमहामन्त्री तर्फ भने जुली यादव विदुषी राणा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

Logo