प्रदेश १ का २६२ मतदान स्थल अति सम्वेदनशील

प्रदेश १ का २६२ मतदान स्थल अति सम्वेदनशील

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं , १९ मंसिर ।

आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको दोस्रो चरणमा विहीबार हुने निर्वाचनका लागि प्रदेश नं. १ का कुल १,१८५ मतदान स्थलमध्ये २६२ मतदान स्थल अति सम्वेदनशील सूचीमा राखिएको ती जिल्लास्थित सुरक्षा निकायले जनाएका छन् । प्रदेश नं. १ मा रहेका ७ जिल्लामध्ये ६ जिल्लामा उक्त मतदान स्थल सुरक्षाको दृष्टिले अति सम्वेदनशील मानिएका छ । ती जिल्लाका सुरक्षा निकायले दिएको जानकारी अनुसार प्रदेश नं. १ को निर्वाचन हुने ७ जिल्लाका कुल १ हजार १ सय ८५ मतदान स्थलमध्ये अति सम्वेदनशील २ सय ६२, सम्वेदनशील ४०१ र साधारण ५२२ गरी वर्गीकृत गरिएको छ ।

इलाममा २५, धनकुटामा ७, उदयपुरमा १५, झापामा ४९, मोरङ्गमा ५्० र सुनसरीमा १ सय ६५ मतदान स्थल अति सम्वेदनशीलको सूचीमा रहेका छन् । त्यसैगरी सम्वेदनशील मानिएका मतदान स्थलहरु इलाममा ३४, तेह्रथुममा १३, धनकुटामा ४७, उदयपुरमा ५३, झापामा १ सय ५, मोरङ्गमा ९९ र सुनसरीमा ५० स्थान रहेका छन् ।

यस्तै इलाममा १ सय ४४ मतदान स्थल तथा २ सय ६६ मतदान केन्द्र, तेह्रथुममा ५७ मतदान स्थल तथा ८९ मतदान केन्द्र, धनकुटामा १ सय १७ मतदान स्थल तथा १ सय ५३ मतदान केन्द्र, उदयपुरमा ९८ मतदान स्थल तथा २ सय ३३ मतदान केन्द्र , झपामा २ सय ८३ मतदान स्थल तथा ६ सय ९२, मोरङ्गमा ३ सय मतदान स्थल तथा ७ सय ५८ मतदान केन्द्र र सुनसरीमा १६६ मतदान स्थल तथा ५ सय २७ मतदान केन्द्र रहेको ती जिल्लाका निर्वाचन कार्यालयले जनाएको छ ।

मोरङ्गमा सबैभन्दा बढी मतदान स्थलहरु रहेका छन भने सबै भन्दा कम तेह्रथुममा तोकिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन घेराको सुरक्षा व्यवस्थामा निर्वाचन सम्पन्न हुुने निर्वाचन आयोेगले जनाएको छ । प्रदेश नं. १ को सवै जिल्लामा आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

Logo