विष्णु पौडेललाई लगियो विशेष अदालत

विष्णु पौडेललाई लगियो विशेष अदालत

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ ।

यसअघि थपिएको ७ दिनको म्याद सकिएपछि सम्पत्ति शुद्धीकरण विभागले म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराएको हो । उनी असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए ।

यता पौडेलकी पत्नीले आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै सर्वोच्चमा दायर बन्दीप्रत्यक्षीकरणको रिटमाथि भोलि दोस्रो सुनुवाइ हुँदैछ ।

Logo