रास्वपाले सच्यायो केन्द्रीय सदस्य सूचीः पूजा र ध्रुव समितिमा फर्किए, को-को बाहिरिए ?

रास्वपाले सच्यायो केन्द्रीय सदस्य सूचीः पूजा र ध्रुव समितिमा फर्किए, को-को बाहिरिए ?

केन्द्रबिन्दु
618
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालै सम्पन्न आफ्नो पहिलो ऐतिहासिक महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको अन्तिम सूचीमा प्राविधिक त्रुटि सच्याउँदै संशोधन गरेको छ। निर्वाचन समितिले मत गणनामा देखिएको त्रुटि सच्याएपछि निर्वाचित भनिएका दुई सदस्य बाहिरिएका छन् भने दुई नयाँ अनुहार केन्द्रीय समितिमा भित्रिएका छन्।

निर्वाचनको प्रारम्भिक परिणाम सार्वजनिक भएपछि उत्पन्न विवाद र दाबी-विरोधका आधारमा मत परिणाम पुनः जाँच गर्दा त्रुटि भेटिएको हो। संशोधनपछि धेरै मत ल्याएर पनि पराजित सूचीमा परेपछि उजुर-बाजुर र असन्तुष्टि व्यक्त गर्दै आएकी नेतृ पूजा बास्तोला अन्ततः केन्द्रीय समितिमा सुरक्षित भएकी छन्। बास्तोलाको प्रवेशसँगै यसअघि निर्वाचित घोषणा गरिएका सोम शर्मा भने केन्द्रीय सदस्यको सूचीबाट बाहिरिन पुगेका छन्।

यसैगरी, पार्टीको समावेशी क्लस्टरअन्तर्गत आदिवासी जनजाति कोटातर्फ यसअघि केन्द्रीय सदस्यमा निर्वाचित भनिएका कृष्णमान श्रेष्ठलाई हटाएर उनको स्थानमा ध्रुव थापामगरलाई निर्वाचित घोषणा गरिएको छ।

Logo