काठमाडौं । श्रम संस्कृति पार्टीले पार्टीको सिद्धान्त र नीतिविपरीत चलेको आरोपमा मधेश प्रदेश इञ्चार्ज दीपकजङ्ग ठाकुरलाई निलम्बन गरेको छ । पार्टी अध्यक्ष हर्क साम्पाङले आजैको मितिदेखि लागू हुने गरी उनलाई निलम्बन गरिएको जानकारी दिएका हुन्।
अध्यक्ष साम्पाङका अनुसार नेता ठाकुरमा पार्टी नीतिविपरीत अनेकन सामाजिक समस्याहरू रहिआएकाले यो कदम चालिएको हो। अर्को जानकारी नआउन्जेल पार्टीसँग सम्बन्धित कुनै पनि क्रियाकलाप नगर्न ठाकुरलाई निर्देशन दिइएको छ।
































