जनताको काम नगरे मेयरदेखि प्रदेश मन्त्रीलाई पनि थुन्ने मन्त्री लम्सालको चेतावनी

जनताको काम नगरे मेयरदेखि प्रदेश मन्त्रीलाई पनि थुन्ने मन्त्री लम्सालको चेतावनी

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनताको काम नगरे प्रदेश मन्त्रीदेखि स्थानीय तहका प्रमुखसम्मलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

आइतबार तनहुँको दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूसँगको भेटमा उनले चेतावनी दिँदै भने, ‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई इन्फर्म गर्नुहोला, मेयरलाई नै कारबाही गर्छौँ हामी । प्रदेशको मन्त्रीलाई पनि थुन्छौँ ।’

तीन तहकै सरकारका जनप्रतिनिधि जनताप्रति उत्तरदायी बन्नुपर्ने मन्त्री लम्सालको भनाइ थियो ।

Logo