चट्याङबाट बझाङका किसानलाई लाखौंको क्षति, राहतको व्यवस्था गर्न सरकारसँग माग

चट्याङबाट बझाङका किसानलाई लाखौंको क्षति, राहतको व्यवस्था गर्न सरकारसँग माग

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । एमालेका प्रमुख सचेतक एन बहादुर महरले बझाङमा चट्याङका कारण पशुधनमा ठूलो क्षति भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै महरले बझाङ जिल्लाको सुर्मा गाउँपालिका–२ मा असार २२ गते राति परेको चट्याङबाट रणबहादुर बोहोरा र लालचन्द्र बोहोराका करिब १०० वटा भेडा मरेको थप करिब ५० वटा घाइते भएको बताएका हुन् । उनले किसानलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे ।

उनले भने, ‘मेरो गृह जिल्ला बझाङको सुर्म गाउपालिका वडा नम्वर २ मा २२ गते राति ठुलो चट्याङ परेर रण बहादुर बोहोरा र लाल चन्द्र बोहोराको करिब १०० ओटा भोडा मरे र ५० वटा जति घाइते भएका छन् ।’

उनले उक्त घटनाबाट किसानलाई ३० देखि ४० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति पुगेको बताए । पशुपालन नै उनीहरूको मुख्य जीविकोपार्जनको आधार भएकाले सरकारबाट तत्काल सहयोग आवश्यक रहेको बताए ।

‘३०/४० लाख भन्दा बढीको क्षति भएको छ । उहाँहरूको जिउने आधार नै मुख्य त्यही थियो । यस प्रति म सरकारको गम्भीर ध्यान आर्कषन गराउन चाहन्छु । ती किसान हरूको क्षति पूर्तिको व्यवस्था गरियोस्,’ उनले भने, ‘कृषिलाई एउटा अर्थतन्त्रको एउटा महत्त्व पूर्ण आधारको रूपमा अगाडि बढाउन खोजी रहेका छौँ । सरकारले कृषि प्रवद्र्धनको कुरा गरीरहेको छ । यसरी कृषि व्यवसाय गरी रहेका किसानहरूलाई सरकारले ध्यान दिनु पर्दछ । उहाँहरूको ठुलो क्षती भएको छ ।’

Logo