मन्त्रिपरिषद् हेरफेर र प्रधानमन्त्रीको सचिवालय पनि चुस्त बनाउने तयारी

मन्त्रिपरिषद् हेरफेर र प्रधानमन्त्रीको सचिवालय पनि चुस्त बनाउने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच दुई दिनदेखि लगातार छलफल भइरहेको छ । शनिबार र आइतबार दुई दिन नै दुवै नेताबीच लामो छलफल भएको रास्वपा स्रोत बताउँछ ।

छलफललाई रास्वपाकै एक शीर्ष तहका नेता मन्त्रिपरिषद् हेरफेर गर्ने, प्रधानमन्त्रीको सचिवालय चुस्त बनाउने र सुकुम्वासी समस्या समाधानमा केन्द्रित रहेर गहन कुराकानी भएको बताउँछन् ।

“केही मन्त्री हेरफेर गर्ने कुरा भइरहेको छ,” रास्वपाकै एक नेताले भने, “सुकुम्वासी समस्या समाधानका लागि दीर्घकालीन योजनाका विषयमा पनि छलफल भएको छ ।”

Logo