काँग्रेस भक्तपुरको चुनावी घोषणापत्र सार्वजनिक

काँग्रेस भक्तपुरको चुनावी घोषणापत्र सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

भक्तपुर, ५ मंसिर ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस जिल्ला कार्य समिति भक्तपुरले तयार पारेको भक्तपुर घोषणापत्र सार्वजनिक गरेको छ ।

लोकतान्त्रिक गठबन्धनको युवा परिचालन समितिले आयोजना गरेको कार्यक्रममा काँग्रेस भक्तपुर सभापति दुर्लभ थापाले उक्त घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा भक्तपुर जिल्लाको समग्र विकासका लागि सडक विस्तार गर्ने, गाउँगाउँमा पक्की सडक निर्माण गर्ने, यातायातको पहुँच सबै क्षेत्रमा पुर्याउने, भक्तपुरलाई स्वास्थ्यको गन्तव्यको रुपमा विकास गर्ने, निःशुल्क शिक्षालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने, मेलम्ची खानेपानीलाई भक्तपुरका सबै ठाउँमा पु¥याउने कुरा समावेश गरिएको छ ।

त्यसैगरी कृषिको प्रवर्दन गर्ने, खेतखेतमा सिँचाइको पहुँच पु¥याउने, बन्द भएका उद्योग सञ्चालनमा ल्याउने, नयाँ उद्योगको विकास गरी रोजगारीको प्रवद्र्धन गर्ने, इँटा, बालुवा खानीको व्यवस्थापन गर्ने, कला, संस्कृतिको जगेर्ना गर्ने, विश्वसम्पदा सूचीमा रहेका सम्पदाको संरक्षण गर्ने, होमस्टे पर्यटनको विकास गर्ने, भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको व्यवस्था गर्ने, भक्तपुरलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने घोषणापत्रमा उल्लेख छ ।

कार्यक्रममा अध्यक्ष थापाले घोषणापत्रमा उल्लेख भएका काम गर्न काँग्रेस सक्षम रहेको चर्चा गर्दै भ्रमको खेती गर्ने वामपन्थी गठबन्धनको उम्मेदवारलाई काँग्रेसले चुनावबाट परास्त गर्ने बताए ।

सो अवसरमा नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, युवा परिचालन समितिका संयोजक अष्टकुमार कवेँ, घोषणापत्र निर्माणका संयोजक किरण न्यौपाने, भक्तपुर क्षेत्र नं १ का प्रतिनिधिसभातर्फका उम्मेदवार बाबुराजा जोशी, प्रदेश ‘क’ का उम्मेदवार जीवन खत्री, ‘ख’ का उम्मेदवार अनिल भुजु, डा कोमल फुयाललगायतले भक्तपुरमा काँग्रेसको जित सुनिश्चित रहेको दाबी गरे । रासस

Skip This
Skip This
Logo