प्रजातान्त्रिक समाजवाद नै कांग्रेसको मूल वैचारिक आधार हो : विमलेन्द्र निधि

प्रजातान्त्रिक समाजवाद नै कांग्रेसको मूल वैचारिक आधार हो : विमलेन्द्र निधि

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेसले बीपी कोइरालाले प्रतिपादन गरेको ‘प्रजातान्त्रिक समाजवाद’को मार्ग छाडेर ‘सामाजिक लोकतन्त्र’लाई अंगीकार गरे त्यसलाई अग्रगमन नभइ पश्चगमन मान्नुपर्ने बताएका छन्।

बीपी स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंस्थित प्रज्ञा भवनमा कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले प्रजातान्त्रिक समाजवाद नै कांग्रेसको मूल वैचारिक आधार र नेपाली राजनीतिको दीर्घकालीन दर्शन भएको बताए।

उनले बीपी कोइरालाको विचारप्रति कांग्रेस सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै पार्टीले त्यसैलाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा अघि बढाउँदै आएको धारणा राखे।

निधिले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन महाधिवेशनपछि ‘सामाजिक लोकतन्त्र’को विषय चर्चामा आएको र त्यसलाई कांग्रेससँग पनि जोडेर बहस हुन थालेको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले केही कांग्रेस नेताले रास्वपाभन्दा पहिले कांग्रेसले नै सामाजिक लोकतन्त्रको अवधारणा अघि सारेको दाबी गरिरहेको उल्लेख गर्दै त्यस सन्दर्भमा महामन्त्री गगन थापाको नाम पनि जोडिएको बताए।

‘चितवन महाधिवेशनपछि सामाजिक लोकतन्त्रको बहस सुरु भयो। त्यसपछि कांग्रेसभित्र पनि हामी नै पहिले भन्ने प्रतिस्पर्धा देखियो। गगन थापालाई त्यस विचारका वैचारिक नेताका रूपमा प्रस्तुत गर्न खोजिएको छ,’ निधिले भने, ‘नेपालमा केही शुक्राचार्यहरू पनि छन्, जसले त्यसको आ–आफ्नै ढंगले व्याख्या गरिरहनुभएको छ।’

Logo