काठमाडौं आइपुगे भारतीय स्थलसेनाध्यक्ष नरवणे

काठमाडौं आइपुगे भारतीय स्थलसेनाध्यक्ष नरवणे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भारतीय स्थलसेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि केहीबेर अघि नेपाल आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत उनी नेपाल आएका हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने भ्रमणका लागि आज नेपाल आएका हुन् । नेपाली सेना र भारतीय सेनाबीच एक अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा अनुरुप उनी नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न नेपाल आएका बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार अपराह्न सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८ औँ सेनापति हुन् ।

उनको भ्रमणपछि मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क गरिएको छ ।

Skip This
Skip This
Logo