चितवन, १७ कात्तिक । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

यी हुन् प्रचण्डका १८ प्रतिस्पर्धी

यी हुन् प्रचण्डका १८ प्रतिस्पर्धी

केन्द्रबिन्दु
१७ कार्तिक २०७४, शुक्रबार
0
Shares

चितवन, १७ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिएको चितवन क्षेत्र नं ३ मा आठजनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दाहालसहित १० दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । 

कूल उम्मेदवारको सङ्ख्या अठार पुगेको छ । दाहाल वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन् भने लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे मुख्य प्रतिस्पर्धामा छन् । पाण्डे वर्तमान सरकारका वन तथा भूसंरक्षणमन्त्रीसमेत हुन्  । उनी दाहाल नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री थिए । सशस्त्र द्वन्द्वको समयमा माओवादी कार्यकर्ता रहेका टंकनाथ रेग्मी देशभक्त जनगणतान्त्रिक मोर्चाबाट उम्मेदवार छन् । 

यसैगरी, संघीय समाजवादी फोरमबाट अजय ठाकुर हजाम, राष्ट्रिय जनमोर्चाबाट उमा देवी शर्मा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का कृष्णबहादुर तामाङ, नेकपा (माले)का डम्बर श्रेष्ठ, नेपाल दलित पार्टीका दिलबहादुर विश्वकर्मा, विवेकशील साझा पार्टीका शरदराज पाठक र नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवालले सो क्षेत्रमा उम्मेदवारी दर्ता गरेका छ । 

सोही क्षेत्रमा स्वतन्त्रबाट टंकप्रसाद बास्तोला, नन्दराज आचार्य, प्रवेश अधिकारी, भगवती प्रसाई, भरत बोहरा, विजयराज घिमिरे, सुनिल कुमार क्षेत्री र हरिप्रसाद दाहालले उम्मेदवारी दिएका छन् । सो क्षेत्रको प्रदेशतर्फ ‘क’ र ‘ख’ मा आठ÷आठ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाको क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ १५ जनाले उम्मेदवारी दिएका छन् जसमध्ये १२ जना विभिन्न राजनीतिक दलका छन् भने तीनजना स्वतन्त्र उम्मेदवार हुन् । 

सो क्षेत्रबाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट शिक्षा राज्यमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेसका शेषनाथ अधिकारी र वाम गठबन्धनबाट नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले उम्मेदवारी दिएका छन् । सोही क्षेत्रको प्रदेश ‘क’मा नौ दलका उम्मेदवार र ‘ख’मा १० दल र एक स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । जिल्लाको क्षेत्र नं १ मा १५ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ जसमा स्वतन्त्र चार र ११ दलका उम्मेदवार छन् । 

सो क्षेत्रबाट वाम गठबन्धनबाट पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डे र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी दर्ता गरेका छन् । 

सोही क्षेत्रको प्रदेश ‘क’ मा १० दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् भने ‘ख’ मा पनि १० दलका उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चितवन जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता रहेका छन् । रासस

प्रतिक्रिया

भर्खर

सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका एक जनाको उपचारको क्रममा मृत्यु

जातीय भेदभाव अन्त्यका लागि कानुन मात्र पर्याप्त हुँदैन, सोच रूपान्तरण आवश्यक छ -प्रधानमन्त्री शाह

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

बलिउडका चर्चित निर्माता पहलाज निहलानीको निधन

महोत्तरीका १६ कामदार भारतमा बन्धक

Logo
Skip This
Logo
Skip This
Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu