केन्द्रविन्दु सम्बाददाता
काठमाडौँ, २० असोज । प्रहरी सेवाबाट राजीनामा दिएका डिआइजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन्। राजधानीको एक पार्टी प्यालेसमा आयोजित समारोहमा एमाले अध्यक्ष केपी ओलीले टीका लगाई उनलाई पार्टी प्रवेश गराएका हुन्।
यद्यपि उनले दिएको राजिनामा भने अझै स्वीकृत भएको छैन । आइजीपी प्रकरणमा उनी बिबादित बनेका थिए । सिलवालले कार्यसम्पादन र मूल्याङ्कनमा आफू पहिलो स्थानमा हुुँदाहुँदै पहिला जयबहादुर चन्द र पछि प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेर आफूमाथि अन्याय भएको जनाई सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
एमाले प्रवेश गरेपछि सिलवालको नाम भावी गृहमन्त्रीको रुपमा चर्चामा आउँन थालेको छ ।
यसैबीच कार्यक्रममा चर्चित गायक सञ्जय श्रेष्ठ पनि एमालेमा प्रवेश गरेका छन् । उनी राप्रपाका केन्द्रिय सदस्य थिए ।
प्रतिक्रिया