काँग्रेसद्वारा कार्यकर्ता कुटपिट घटनाको निन्दा

काँग्रेसद्वारा कार्यकर्ता कुटपिट घटनाको निन्दा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–८ निवासी सिस्ने हिमाल बस तथा मिनिबस यातायात समितिमा कार्यरत आफ्ना क्रियाशील सदस्य बलवीर परियारमाथि कुटपिट भएको घटनाको निन्दा गरेको छ ।

काँग्रेसले परियारलााई शनिबार बिहान उक्त समितिको काउण्टरमा काम गर्दै गरेको अवस्थामा युवा सङ्घका सदस्य रवी बुढाको नेतृत्वको करीब १० जनाको समूहले हतियार प्रयोग गरी मरणासन्न हुने गरी कुटपिट गरेको जनाएको छ ।

सो पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत निर्दोष र निहत्था व्यक्तिलाई कुटपिट गरी समाजलाई आतङ्कित तुल्याउने, भय र त्रासको वातावरण सिर्जना गर्ने घटनामा संलग्न व्यक्तिलाई तत्काल कडा कानूनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। काँग्रेसले दशैंका बेलामा यात्रुको आवतजावतमा सहजकर्ताको भूमिका निर्वाह गर्दै आएका परियारको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Logo