काठमाडौँ,९ भदौ ।  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि शुक्रबार थाइल्याण्ड प्रस्थान गरेका छन् । "/>

थाइल्याण्ड जाँदा जाँदै ओलीद्वारा प्रधानमन्त्रीमाथि झटारो

थाइल्याण्ड जाँदा जाँदै ओलीद्वारा प्रधानमन्त्रीमाथि झटारो


काठमाडौँ,९ भदौ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि शुक्रबार थाइल्याण्ड प्रस्थान गरेका छन् ।

थाइल्याण्ड प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले संविधानको बारेमा प्रधानमन्त्रीले जथाभावी टिप्पणी गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त पत्रकार सम्मेलनका क्रममा आगामी निर्वाचनपछि संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउने बताएका थिए ।

अध्यक्ष ओलीले सरकारले अहिले लुट मच्चाउने काम गरिरहेको बताए । “सरकारले लुटपाट मच्चाउँदैछ । यसको दृष्टान्त स्काउटको केन्द्रीय निर्वाचित समिति भंग गर्नु पनि हो । लैनचौरमा रहेको २२ रोपनी जग्गामा सरकार र कांग्रेसका मान्छेले व्यापार गर्न खोजेका छन् । एमालेले यसमा चेतावनी दिन चाहन्छ । हामी सडकमा आउन नपरोस् ।” 

त्यस्तै उनले अदालतको जनविश्वास गुम्दै गएकोप्रति चिन्ता लागेको बताए । अर्को एक प्रसङ्गमा ओलीले मनमोहन अस्पताल एमालेले खोलेको कलेज नभएको भन्दै भ्रम नफैलाउन आग्रह गरे।

Logo