प्रदेश २ मा पहिलो बन्न सबै शक्ति परिचालन गर्ने एमाले निर्णय

प्रदेश २ मा पहिलो बन्न सबै शक्ति परिचालन गर्ने एमाले निर्णय

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ७ भदौ ।

प्रथम दुई चरणका स्थानीय तह निर्वाचनमा राम्रो स्थान बनाउन सफल नेकपा एमालेले असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पहिलो बन्ने लक्ष्यसहित पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार विहान बसेको पार्टी स्थायी समिति बैठकले यो निर्णय गरेको हो ।

बैठकले आगामी मंसीर १० गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै त्यसलाई सफल पार्न पनि सिंगो पार्टीलाई परिचालन गर्ने निर्णय पनि गरेको छ ।
एमालेले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पनि पार्टीलाई पहिलो शक्ति बनाउने दावी गर्दै आएको छ ।

एमालेले निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी, नेपाललाई पुनः आह्वान पनि गरेको छ । लोकतन्त्रको सुदृढीकरणका लागि पनि राष्ट्रिय जनता पार्टी, नेपाललाई निर्वाचनमा सहभागी हुन पुनः आह्वान गर्नु परेको एमालेले जनाएको छ ।

एमालेले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आगामी शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि आगामी आईतबारसम्म दल दर्ता गरि सक्न आह्वान गरेको छ ।

 

Logo