‘सबै तहको निर्वाचनपछि नेपाल पूर्ण संघीय गणतत्र’

‘सबै तहको निर्वाचनपछि नेपाल पूर्ण संघीय गणतत्र’

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ५ भदौ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै तहको निर्वाचन सम्पन्न भएपछि नेपाल पूर्ण रूपमा संघीय गणतान्त्रिक मुलुक हुने बताएका छन् ।

त्रिचन्द्र क्याम्पसको शतवार्षिकी कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान अनुसार सबै तहको निर्वाचन सम्पन्न गरेपछि मुलुक नयाँ संघीय संरचनामा विधिवत् प्रवेश गर्ने बताएका हुन् ।

प्रदेश नम्बर २ मा असोज २ गते स्थानीय तहको तेश्रो चरणको निर्वाचन सम्पन्न भएपछि प्रदेश सभा र केन्द्रीय संसदको निर्वाचन गरिने भन्दै उनले त्यसपछि सबै वर्ग र तहको सम्पूर्ण अधिकार प्राप्त हुने जिकिर गरे ।

प्रदेश र केन्द्रीय संसदको निर्वाचन मंसिर १० गते गर्ने सरकारको निर्णय सार्वजनिक भइसकेको छ ।

Logo