तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी हुन्छ : प्रमुख निर्वाचन आयुक्त

तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी हुन्छ : प्रमुख निर्वाचन आयुक्त

केन्द्रबिन्दु
0
Shares

धनुषा, ४ भदौ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले तेस्रो चरणको निर्वाचनमा मधेश केन्द्रित दलसँग रहेका छ चुनाव चिन्हमध्ये कुनै एक लिई राष्ट्रिय जनता पार्टी नेपाल २ नं प्रदेशमा हुन लागेको स्थानीय निकायको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।

जनकपुरमा आज जिल्ला निर्वाचन कार्यालय धनुषाले गरेको पत्रकार सम्मेलनमा डा यादवले राजनीतिक सहमतिअनुसार आगामी असोज २ गते तेस्रो चरणको स्थानीय निर्वाचनमा राजपा सहभागी हुने जिकिर गरेका हुन् ।

आगामी मंसिर ४ गते हिमाली र उच्च पहाडी ३१ जिल्लामा निर्वाचन गराउन सरकारसँग छलफल भइरहेको जानकारी पनि उनले दिए ।

उनले २ नं प्रदेशमा १३६ निर्वाचन अधिकृतसहित अधिकृत, मुख्य निर्वाचन अधिकृत खटाइएको जानकारी गराउँदै सो प्रदेशमा आएको बाढीका कारण तराई– मधेशका जिल्लाको बाटोघाटो अवस्था बिग्रेकाले बाटोको सहज पहुँच दिलाउन सरकारलाई आग्रह गरिसकिएको पनि जानकारी दिए ।

उनले प्रदेश नम्बर २ मा १ सय ३६ निर्वाचन अधिकृत सहित अधिकृत, मुख्य निर्वाचन अधिकृत, खटाइएको जानकारी गराउदै बाढीका कारण तराई मधेसका जिल्लाको बाटोघाटो अवस्था विग्रदो रहेकोले मतदान केन्द्र, निर्वाचन अधिकृत, मुख्य निर्वाचन अधिकृत र जिल्ला सदरमुकामसम्म आउने जाने बाटोको सहज पहुँच बनाउन सरकारलाई निर्देशन दिइसकिएको जानकारी गराए ।

निर्वाचन आचार संहिता पालना गराउन तथा स्वच्छ एवं निष्पक्ष बनाउन मदिरा उत्पादनमा रोक, हातहतियार बुझाउने लगायत राजनीतिक दलद्वारा टि–सर्ट, टोपी, ब्याग वितरणमा रोक लगायतका आचार संहिता सम्बन्धित सम्पूर्ण कार्यमा रोक लगाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई र मन्त्रालयलाई निर्देशन दिइसकिएको प्रमुख आयुक्त यादवले बताए।

डा यादवले भने, “निर्वाचनमा भनसुन तथा लेनदेनको आधारमा हुँदै आएको कर्मचारी नियुक्ति, बालबालिकाको प्रयोगलगायतका विषयमा तेस्रो चरणको निर्वाचनम सूक्ष्म अनुगमन कमिटीले अनुसन्धान र कारबाही गर्नेछ ।” रासस

Logo