आज सरकार विस्तार हुँदै, माओवादीका आठ राज्यमन्त्री थपिने

आज सरकार विस्तार हुँदै, माओवादीका आठ राज्यमन्त्री थपिने

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ४ भदौ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । यस क्रममा आठजना राज्यमन्त्रीलाई थपिन लागेका हुन् । हाल २७ सदस्यीय रहेको मन्त्रिमण्डलमा माओवादीका आठ राज्यमत्री थपिदा मन्त्रिमण्डलको संख्या ३५ पुग्ने छ ।

सत्तारुढ दल कांंग्रेस(माओवादीले मन्त्रीहरु छनोट गर्न बनाएको कार्यदलका सदस्य एवं कांग्रेस नेता विमलेन्द्र निधिले माओवादी केन्द्रका तर्फबाट उसले पाएका ८ मन्त्रालय अनुसार एक(एक राज्यमन्त्री नियुक्त हुन लागेको जानकारी दिए।

माओवादी केन्द्रबाट थपिन लागेका ८ राज्यमन्त्रीहरुमा श्यामकुमार श्रेष्ठ गृह, रामसिंह यादव परराष्ट्र, शम्भुलाल श्रेष्ठ स्वास्थ्य र कर्ण बहादुर बिक आपूर्ति छन्।

यसैगरी छमबहादुर गुरुङ सहरी विकास, जाकिर हुसेन ऊर्जा, गोमा कुँवर पशुपन्छी विकास र वाङ्दी शेर्पा सामान्य प्रशासन राज्यमन्त्री हुन लागेका छन्।

मुख्य सत्ताघटक नेपाली कांग्रेसबाट १० जना र लोकतान्त्रिक फोरमबाट ३ जना राज्यमन्त्री केही दिन भित्रै थप गर्ने तयारी भैरहेको छ ।

 

Logo