अन्ततः फुट्यो नयाँ शक्ति, बाबुरामको ‘दाहिने हात’सहित १७ नेताले त्यागे पार्टी

अन्ततः फुट्यो नयाँ शक्ति, बाबुरामको ‘दाहिने हात’सहित १७ नेताले त्यागे पार्टी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २ भदौ । नेता बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी अन्ततः फुटेको छ  । नयाँ पार्टी गठन गर्ने भन्दै नेता भट्टराईका ‘दाहिने हात’ मानिने देबेन्द्र पौडेलसहितका नेताहरु पार्टीबाट अलगिएका हुन् ।

विगतमा संगठन विभाग प्रमुख रहेका देवेन्द्र पौडेलसहित १७ जनाले नयाँ राजनीतिक कार्यदिशा तय गर्ने र घोषणापत्र तयार गर्न लागिएको आज प्रेषित बिज्ञप्तिमा उल्लेख छ । पार्टीबाट अलगिनेहरुमा देवेन्द्र पौडेल, बामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अन्सारी, हरि चौँलागाई, शर्मिला तमाङ, रत्न राना, रविन्द्र सुनुवार, ललित ठगुन्ना र कुलबहादुर मोक्तान रहेका छन्।  

पौडेल समुहले राष्ट्रिय भेला आयोजना गरि नया ढंगबाट जाने बताएको छ । अहिले पौडेलको संयोजकत्वमा १७ सदस्यीय बृहत ध्रुवीकरण संयोजन समिति गठन गरिएको छ । नयाँ शक्तिमाथि वैचारिक कार्यदिशाको अस्पष्टता रहेको र पूर्व माओवादीहरुलाई वेवास्ता गरेको आरोप लगाइएको छ ।

Logo