काठमाडौंका ७ प्रतिशत घरमात्रै सुरक्षित

काठमाडौंका ७ प्रतिशत घरमात्रै सुरक्षित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : धेरैलाई लाग्न सक्छ, काठमाडौं उपत्यकामा निर्माण भएका घरहरु सुरक्षित र भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको छ । राजधानी काठमाडौंमा स्रोत र साधन उपलब्ध हुने भएकाले पनि भूकम्पप्रतिरोधी घर निर्माण भएको अनुमान हुनसक्छ । आजको कान्तिपुर दैनिकमा समाचार छ । 

तर, नीति निर्माण गर्ने केन्द्र भए पनि काठमाडौं उपत्यकामा हालसम्म ७ प्रतिशत घरहरू मात्रै भूकम्पप्रतिरोधी प्रविधिबाट निर्माण गरेको पाइएकोले ती घर मात्रै सुरक्षित ठानिएको छ । सरकारले भूकम्प प्रतिरोधी घर निर्माणका लागि भवनसंहिता लागू गरेको वर्षौ बिते पनि नागरिकहरूमा भूकम्प प्रतिरोधी घर निर्माण गर्ने चेतनामा भने विकास हुन सकेको छैन ।

भूकम्प गएपछि सरकारले भूकम्पप्रतिरोधी घर बनाउन कार्यान्वयन तहमा जोड दिए पनि र नागरिकले इन्जिनियरमार्फत नक्सा पास गर्ने गरे पनि आफूखुसी घर निर्माण गर्ने गरेको पाइएको छ । नक्सा पास गरेर घर निर्माण सुरु गरे पनि मापदण्ड पालनामा भने अझै घरधनीहरुले बेवास्ता गर्ने गरेका छन् । 

Logo