पारसको सङ्गतबाट नातिनीलाई जोगाउन ज्ञानेन्द्र थाईल्यान्डमा

पारसको सङ्गतबाट नातिनीलाई जोगाउन ज्ञानेन्द्र थाईल्यान्डमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : पोथी सिंहले आफ्नो बच्चा भाले सिंहबाट जोगाउन लुकाउने गरेको त सुनिएको हो, तर मानिसले बाबुबाट सन्तानको रक्षा गराउन लुकाएको भने सितिमिति सुनिँदैन ।नेपालको उच्च राजनीतिक परिवारले बाबुको सङ्गतबाट जोगाउन सन्तानलाई टाढा पुर्याउनुपरेको छ । आजको घटना र विचार साप्ताहिकमा समाचार छ । 

ज्ञानेन्द्र अहिले बैंककमा हुनुहुन्छ । छोरा पारसबाहेक पुर्वराजा ज्ञानेन्द्र रानी कोमल, बुहारी हिमानी र नातिनातिनी गरी पूर्वराजपरिवारका सबै सदस्य अहिले बैंककमा छन् । 

सपरिवार बैंकक पुग्नुलाई कतिले स्वाास्थ्य उपचारका लागि भन्ने अनुमान गरे पनि उहाँहरु स्वाथ्य उपचार या घुमघामका लागि बैंकक पुग्नु भएको भने होईन । 

प्राप्त जानकरी अनुसार राजा ज्ञानेन्द्र आफ्नी जेठी नातिनी पुर्णिका राज्यलक्ष्मी शाहको कलेज भर्नाका लागि बैंकक जानुभएको हो । पूर्व राजपरिवार यहाँ पूर्णिकालाई भर्ना गर्न पाउने भएपछि खुसी देखिएको छ । उनीहरु पूर्णिकालाई बाबु पारसबाट टाढै रहेको देख्न चाहन्छन् । बैंकक यस्तो ठाउँ हो जहाँ पटक-पटक प्रहरी हिरासतमा बसेको र आपराधिक घटनामा संलग्न भएका कारण पारस फर्केर जाने छैनन् । 

पारस शाह आफ्ना बाबु ज्ञानेन्द्र र श्रीमती हिमानीसँग टाढा भएपनि छोराछोरीसँग नजिक हुनुहुन्छ । उहाँले छोरी पूर्णिका र छोरा हृदयेन्द्रलाई घुमाउन लगेका फोटाहरु सार्वजनिक भएका थिए । आफ्ना बाबुसँग छोरी छोरी नजिक भएको कुरामा न पूर्वराजालाई चिन्ता थियो । न त बुहारी हिमानीलाई नै ।

तर जब पारसले छोरा-छोरीलाई डिस्को लगेको समाचार विभिन्न मिडियाबाट सार्वजनिक भयो । त्यसपछि भने पूरै परिवार झस्कियो । उनीहरुले बाबुले भेट्नै नसक्ने ठाउँ भनेर बैंककमा छोरीको भर्ना गराइदिएका हुन् । पूर्णिका राम्री विद्यार्थी हुन् । उनले एसईईमा ए प्लस ल्याएकी थिइन् । 

Logo