माओबादी केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी

माओबादी केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौंं, १७ साउन ।

सत्ता साझेदार दल नेकपा(माओवादी केन्द्र) को सल्यान जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरिएको छ । 

जिल्ला समन्वय समितीको निर्वाचनका सम्बन्धमा पार्टीको गलत निर्णय भएको भन्दै तालावन्दी गरिएको हो ।

‘जिसस निर्वाचनका लागि पार्टीले लिएको निर्णयबारे कुनै पनि तहका नेता तथा कार्यकर्तासँग छलफल नै नगरी पार्टी नेतृत्वले गैरजिम्मेवारीपूर्ण निर्णय गरेकाले’ तालावन्दी गर्नुपरेको महाधिवेशन आयोजक समिति सदस्य तुल्सीराम घर्तीले बताएको राससले उल्लेख गरेको छ ।

Skip This
Skip This
Logo