नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कदम नसच्चिए तेस्रो जनआन्दोलन सिर्जना हुने बताएका छन् ।
काठमाडौँमा शुक्रबार पत्रकासँगको छलफलमा अध्यक्ष दाहालले ओलीमार्फत सबै देश भित्र र बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरुले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम गरेको आरोप समेत लगाए । यद्यपी गल्ती कमजोरीलाई सच्याउँदै नेकपा पार्टीलाई बहुमतको दिशामा ल्याउन सकिन्छ भन्ने विश्वासका साथ अघि बढेको उनले स्पष्ट पारे । विस्तारै कार्यकर्ताहरुले सही गलत छुट्याउन थालेकाले निरास हुने अवस्था नरहेको पनि उनको दावी छ ।
उनले पार्टी विधान विपरीत प्रधानमन्त्री ओलीले एकपक्षीय ढंगले आफू एक नम्बरको अध्यक्ष भन्दै हिँडेको बताए । महाधिवेशनसम्म दुई अध्यक्ष राख्नैपर्ने व्यवस्था रहेपनि १ र २ नम्बरको अध्यक्ष भन्ने व्यवस्था नभएको र बराबरी हैसियत भएको उनले स्पष्ट पारे ।
उनले सरकारले संविधान, नियम कानून उलंघन गर्दे गुण्डागर्दी शैलीमा अघि बढेको आरोप समेत लगाए । आफू एमसीसीको समर्थनमा नगएको र पार्टीले पनि निर्णय नगरिसकेको उनको दावी छ । सरकारका असंवैधानिक कार्यशैलीको विरोधमा आमहड्ताल आव्हान गरिएकाले त्यसैमा केन्द्रीत हुन आफुले कार्यकर्तालाई अनुरोध गरेको उनले स्पष्ट पारे ।
सम्मेलनमा अर्का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदममा आफूहरु तमासे नबन्ने चेतावनी दिए । उनले कानून र विधिको शासन कायम राख्न राज्य कब्जामा लिने ओलीको कदम विरुद्ध सशक्त आन्दोलन गर्ने बताए ।































प्रतिक्रिया