‘केपी ओलीको तानाशाही प्रवित्तिलाई जसरी पनि पराजय गराइ छोड्छौं’ : नेता झलनाथ खनाल

‘केपी ओलीको तानाशाही प्रवित्तिलाई जसरी पनि पराजय गराइ छोड्छौं’ : नेता झलनाथ खनाल


नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको तानाशाही प्रवित्तिलाई जसरी पनि पराजय गराइ छोड्ने बताएका छन् ।  

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा गरेको विरोध सभामा उनले यस्तो बताएका हुन् ।  

उनले आधिकारिक पार्टी आफूहरुकै भएकाले यसको निर्णय छिटै गर्न पनि निर्वाचन आयोगसँग आग्रह गरेका छन् । के के कानुनी प्रक्रिया छन् मिलाउनु तर घोषणा गर्न ढिला नगर्नु, खनालले भने ।

केपी ओलीले चुनावमा जमानत समेत गुमाउने खनालको दाबी छ । उनले प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बनाउन आन्दोलन गरेको नभइ देशमा केपी ओलीको सामन्तवादी प्रवित्ति अन्त्यका लागि आन्दोलन गरेको पनि बताए ।

यस्तै नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले बल मिचेर जंगली प्रक्रियाबाट संवैधानिक आयोगहरुमा नियुक्ति गरेको बताएका छन् ।  

उनले केपी ओलीको वर्तमान सरकार काम चलाउ मात्र हो तर यसलाई काम चलाउ भनेर पनि घोषणा नभएकाले सरकार पूर्णत अवैधानिक भएको पनि बताएका छन् । अवैधानिक सरकारले गरेका सबै निर्णय र नियुक्तिका विरुद्ध आन्दोलन गर्नु परेको पनि उनले बताए । केपी ओलीले प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक आधार गुमाइसकेको पनि नेता श्रेष्ठले बताए ।

प्रतिनिधिसभा विघटन लगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत यस समूहले आज विरोध सभा गरेको हो ।  

Logo