नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले बैशाखमा चुनाव गराउने र आफूले दुई तिहाई बहुमत ल्याउने भन्दै आएकोमा व्यंग्य गर्दै उहाँले आगामी निर्वाचनमा ओलीको जमानत जफत हुने ठोकुवा गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले बिहिबार काठमाडौँमा गरेको विरोधसभालाई सम्बोधन गर्दे नेता खनालले शान्तिपुर्ण आन्दोलनको आवाज नसुने आन्दोलनको आगोले ओलीको तानाशालाई समाप्त पार्ने धारणा राखेका हुन् । प्रतिगमन विरुद्धको आन्दोलनमा सबै वर्ग तह र नागरिक समाज पनि सहभागी भएकाले यो आन्दोलनको आवाज सुनिएन भने ठूलो आगो दन्किने चेतावनी उनको छ ।
अहिलेको आन्दोलन नेकपाको दुई तिहाई गुटको आन्दोलन नभएको र प्रतिक्रान्ति र तानाशाही केपी ओलीका विरुद्ध भएको भन्दै उनले आन्दोलनको बेग नरोकिने बताए । सबैलाई संयुक्त आन्दोलनमा एकजुट भएर संघर्षलाई विजयको बिन्दुमा पुर्याउन पनि उनले सबैलाई आव्हान गरे ।
प्रधानमन्त्री ओलीले निर्वाचन आयोग र आयुक्तहरुलाई धम्क्याउने काम गरेकाले पार्टीको आधिकारिताको निर्णय गर्न आयुक्तहरुलाई सकस परेको उनले उल्लेख गरे । उनले आधिकारिक पार्टी आफूहरु नै रहेकाले कानून, प्रक्रिया मिलाएर छिट्टै घोषणा गर्न आग्रह गरे ।































प्रतिक्रिया