आगामी फागुन ३ गते सरकारले ३ वर्षसम्म देश विकासका लागि गरेका काम सिंहदरबारबाट सार्वजनिक गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
शनिबार बुटबलमा आयोजित नेकपा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले फागुन ३ गते ११ बजेदेखि प्रत्यक्ष प्रसारण गर्ने बताएका हुन् । उनले सरकारले असाधारण काम गरेको भन्दै त्यसबाट आत्तिएर प्रचण्डले पार्टी फुटाएको बताए ।
नेपालले विकास निर्माणको क्षेत्रमा निकै ठूलो फड्को मारेको पनि बताए । उनले आज मात्रै बुटवलमा निर्माण हुन लागेको लुम्बिनी केबलकार शिलान्यास भएको बताउँदै ०७८ सालको फागुन १ गतेदेखि शुरु हुने र टिकट काटेर वसन्तपुरको डाँडामा पुग्न सकिने गरी काम हुने बताए ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त तथा भागिरथी भट्टको बलात्कारपछि हत्या गर्नेलाई सरकारले पानी मुनी गएपनि नछाड्ने बताएका छन् । प्रधानमन्त्रीले बलात्कारजन्य घटनामा संलग्न जो कोहीलाई पनि कानूनको कठघरामा उभ्याएर छाड्ने बताएका छन् ।
उनले बलात्कारका घटना मात्रै नभएर जग्गा कारोबारमा किर्ते गर्ने तथा भष्ट्राचार जन्य गतिविधिमा समेल हुनेलाई पनि नछाड्ने प्रतिवद्धता जनाएका छन् । त्यस्तै, उनले अपराधीहरु जहाँ गएर लुके पनि भोग्नु पर्ने सजाय कम नहुने भन्दै ढिलोचाँडो अपराधी पत्ता लगाएरै छोड्ने बताएका हुन् ।































प्रतिक्रिया