आजदेखि देशैभर मतदाता नामावली अद्यावधिक गरिंदै

आजदेखि देशैभर मतदाता नामावली अद्यावधिक गरिंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

देशभरका ७ सय ५३ वटै स्थानीय तहका केन्द्रबाट बिहीबारदेखि मतदाता नामावली अद्यावधिक सुरु हुने भएको छ । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका स्थानीय तहका केन्द्र रहेको ठाउँबाट आगामी बुधबारसम्म मतदाता नामावली अद्यावधिकको काम सुरु गरेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि ०७७ पुस ५ गतेसम्ममा मतदाता नामावलीमा नाम भएका र सोही मितिदेखि १८ वर्ष उमेर पूरा भएकाले आफ्नो नाम अद्यावधिक गर्न पाउनेछन् । आयोगले माघ १५ देखि २१ गतेसम्म ७ सय ५३ वटै स्थानीय तहका केन्द्रमा एकसाथ उक्त कार्यक्रम सञ्चालन हुने जनाएको छ । जस अनुसार त्यहाँबाट मतदाता नामावली प्रकाशन गर्ने, मतदाताको नाम वा विवरणमा त्रुटि भएमा सच्याउनका लागि निवेदन दिने, झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए प्रमाणसहित उजुरी दिने, दोहोरो नाम हटाउन निवेदन दिने, मृत्यु भएको वा नागरिकता त्याग गरेको वा नागरिकता रद्द भएको व्यक्तिको नाम मतदाता नामावलीको सूचीबाट हटाउने काम हुनेछ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेपछि पुस ६ गतेदेखि मतदाता नामावली संकलनको काम स्थगन गरिएको थियो ।नागरिकबाट

Logo