आज विराटनगरमा नेकपा ओली समूहले प्रदर्शन गर्दै

आज विराटनगरमा नेकपा ओली समूहले प्रदर्शन गर्दै

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा विघटनपछि विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछन् । यसअघि बुटवलमा प्रदर्शन गरेकाे थियो । 

प्रधानमन्त्री ओलीको कदमको विरोधमा नागरिक समाज पनि, नेकपा प्रचण्ड-माधव समूह, नेपाली कांग्रेस, जनता समाजवादी. साझा पार्टीलगायलले  प्रदर्शन गर्न थालेपछि दबाबमा रहेकाे ओली समूह आफै सडकमा प्रदर्शनमा उत्रिएका हुन् । 

प्रतिनिधिसभा विघटनपछि वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले आज विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

विराट नर्सिङ्होम नजिकै रहेको खाली जग्गामा आयोजना हुने जनसभामा दुई लाख समर्थक उतार्ने ओली समूहको दाबी छ । प्रदेश १ स्तरीय आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, रामबहादुर थापा बादल, सुवास नेम्वाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने छन् ।

प्रधानमन्त्री विराटनगरमा उपस्थित हुने भएपछि प्रहरीले विराटनगरमा सुरक्षा सतर्कता उच्च बनाएको छ । 

Skip This
Skip This
Logo