प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई सरकार विरोधी झगडिया भएको बताएका छन् ।
विराटनगरमा शनिबार भएको आमसभालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका ओलीले सभामुख र उपराष्ट्रपतिले पदको मर्यादा विपरित सरकारविरुद्ध अभिव्यक्ति दिंदै हिडेको बताएका हुन् ।
त्यस्तै, उनले प्रचण्ड माधव पार्टीबाट गएपछि मात्र संवैधानिक नियुक्त गर्न सफल भएको दावी समेत गरेका छन् । उनीहरुले विकासको विरोध गरेको कारण संवैधानिक परिषद्को बैठकहरु बस्न नसकेको बताउँदै ओलीले नेपालबाट कम्युनिस्ट सिध्याउनका लागि केही व्यक्ति लागि परेको बताए ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले वैधले छोडेपछि प्रचण्ड अहिले झाँक्रीका पछि लागेको भन्दै व्यंग्य पनि गरेका छन् ।
अब झाँक्रीले पनि उनलाई छोड्ने भन्दै ओलीले प्रचण्डले पुनः जंगलको बाटो रोजेको आरोप लगाए । ओलीले प्रचण्ड विकास विरोधी भएको पनि आरोप लगाएका छन् ।





























प्रतिक्रिया