‘ओलीले देशभर पञ्चभेला गर्दै हिंडे’ : झलनाथ खनाल

‘ओलीले देशभर पञ्चभेला गर्दै हिंडे’ : झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पञ्चभेला गर्दै हिंडेको टिप्पणी गरेका छन् । 

प्रधानमन्त्री ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार विराटनगरमा गरेको प्रदर्शनलाई संकेत गर्दै देशभर पञ्चभेला गरेको टिप्पणी गरेका हुन् । भारतमा उपचार गराएर शनिबार स्वदेश फर्किएका खनालले पत्रकारहरुसँग विमानस्थलमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेर मुलुकमा प्रतिक्रान्तिको थालनि गरेको र देशभर पञ्चभेला गर्दै हिंडेको बताएका हुन् । उनले आफू भारतमा रहँदा कुनैपनि राजनीतिक भेटघाट नगरेको स्पष्ट पारेका छन् । आफ्नो देशको समस्या आफैं हल गर्नु पर्छ भन्ने मान्यतामा आफू रहेकोले अन्य देशका नेताहरुसँग भेटघाट गर्नुपर्ने कुनै कारण नरहेको पनि बताए । 

नेपाली जनता लोकतन्त्र र संविधानको रक्षाका लागि उठिसकेको बताउँदै आफूहरुको आन्दोलन सफलतामा नपुगी विश्राम नहुने पनि बताए । भारतमा आफूले अपोलो अस्पतालमा भर्ना भई उपचार गराएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको समेत खनालले बताए। 
 

Logo