प्रचण्ड-नेपालबीच ५०/५० प्रतिशतका आधारमा संरचनागत एकता गर्ने ९ बुँदे मापदण्ड तय

प्रचण्ड-नेपालबीच ५०/५० प्रतिशतका आधारमा संरचनागत एकता गर्ने ९ बुँदे मापदण्ड तय

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले रिक्त रहेको पदमा पदपूर्तिका लागि ९ बुँदे एकता मापदण्ड तय गरेकाे छ । 

नयाँ मापदण्डअनुसार ५०/५० प्रतिशतका आधारमा प्रचण्ड-नेपालले संरचनागत एकता गर्ने निर्णय गरेको छ । खाली रहेका सबै तहका पदपूर्तिमा यो नियम लागहुनेछ ।

तत्कालिन नेकपा एमालेका केही नेताहरु ओली समूहमा लागेकाले कतिपय पद रिक्त छन् भने, एकताको काम सकिसकेको छैन ।

पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने उल्लेख छ । साविक नेकपा (एमाले) पङ्क्तिमा रहेका गुट तथा फुटपरस्तले कार्यकर्तालाई भ्रमित तुल्याउने प्रयास गरेको भन्दै जिम्मेवारी प्रदान गर्दा भ्रम चिर्न सक्नेलाई विशेष जोड दिने सहमतिमा उल्लेख छ । 

Skip This
Skip This
Logo